सेनालाई चीनको साढे दुई अर्ब सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सरकारले नेपाली सेनालाई सैन्य सामग्री खरिद गर्न करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सैन्य सहयोगको यो सम्झौतामा नेपालका तर्फबाट चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गर्ने रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनुवारले जानकारी दिए । 

सेनालाई चीनको साढे दुई अर्ब सहयोग

सम्झौतामा हस्ताक्षरका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । सैन्य सामग्री खरिदका लागि बेइजिङमा सम्झौता हुनेछ ।


चीन सरकारले गत वर्ष नेपाली सेनालाई करिब १ अर्ब ५० करोड रुपैयाँ सैन्य सामग्री खरिद गर्न अनुदान दिएको थियो ।


सेनाको स्टाफ कलेजद्वारा सम्मान नेपाली सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’ ले शुक्रबार कलेजमा पढेका प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल र पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठलाई ‘हल अफ फ्रेम’ आयोजना गर्दै सम्मान गरेको छ । कलेजले सम्मानस्वरूप तीनै व्यक्तिको तस्बिरलाई ‘हल अफ फ्रेम’ कोठाको व्यवस्था गर्दै राखेको छ ।


कलेजका प्रमुख तथा उपरथी ईश्वर हमालले तीनै जनालाई सम्मान गरे । उक्त कलेजमा हालसम्म ९ सय ७२ जना नेपाल र विदेशी सैनिक तथा अन्य व्यक्तिहरूले अध्ययन गरेका छन् । जसमा ७३ जना अन्तर्राष्ट्रिय विद्यार्थी छन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?