सुरु भयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा आयोजित सम्मेलनको जनजाति नेताहरूले परम्परागत बाजागाजा बजाएर शुक्रबार उद्घाटन गरे ।

सुरु भयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपालसहित १३ देशका दुई सय प्रतिनिधि सहभागी छन् ।


महासंघका अध्यक्ष जगत बरामका अनुसार सम्मेलनमा आदिवासी जनजाति आन्दोलनको समीक्षा र भावी रणनीतिबारे बृहत् छलफल गरी घोषणापत्र जारी गरिनेछ ।


महासंघले संविधान संशोधनको मागसहित सडक संघर्ष गर्दै आएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?