२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त भन्छन्, 'नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउँछौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारसँग भएको समझदारीअनुसार नेपालमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउन आफू लागीपर्ने बताएका छन् । 

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त भन्छन्, 'नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउँछौं'

अध्यक्षमा निर्वाचित भएपछि होटल हायात परिसरमा सञ्चारकर्मी र समर्थकमाझ प्रतिक्रिया जनाउँदै अध्यक्ष पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिबद्धता पूरा गर्ने जनाए । एनआरएनएसँग नेपाल सरकारको ठूलो आशा र अपेक्षा रहेको उल्लेख गर्दै उनले त्यसलाई पूरा गर्ने बताए ।


आफ्नो जित सबै एनआरएनएको भन्दै पन्तले निर्वाचनमा पराजित सबैलाई एकताबद्ध गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । एनआरएनएलाई राजनीतिकरण गर्न खोजिएकोमा भन्दै त्यसबाट मुक्त गराउने उनको भनाइ थियो ।

प्रकाशित : कार्तिक १, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?