संवैधानिक इजलासद्वारा प्रदेश कानुन खारेज 

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले जनप्रतिनिधिहरुलाई आफूखुसी पारिश्रमिक दिन मिल्नेगरी विभिन्न प्रदेश सभाहरुले पारित गरेको कानुन खारेज गरेको छ । 

संवैधानिक प्रावधान विपरीत कानुन निर्माण भएको भनी दायर रिट निवेदनको सुनुवाईपछि संवैधानिक इजलासले कानुन खारेजको फैसला गरेको हो ।

अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको रिट निवेदनमाथि गतसाता सुनुवाई सकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले रिट जारी गरेको हो ।

सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएपछि प्रदेश तहको सभाले पारित गरेको कानुन खारेज गरेको यो पहिलो घटना हो ।

प्रकाशित : कार्तिक १, २०७६ १३:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एनआरएनएको चुनावमा कसले कति मत पाए ?

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले १ हजार २ सय १७ मत ल्याए भने प्रतिद्वन्द्वी कुल आचार्यले १ हजार ७० मत पाए छन् । यस्तै उपाध्यक्षमा डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा विजयी भएकी छन् ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा चुनिएका छन् भने दुईजना सचिवमा गौरीराज जोशी र आरके शर्मा निर्वाचित भए। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल निर्वाचित भएका छन्।

हेर्नहोस् कसले कति मत पाए?

प्रकाशित : कार्तिक १, २०७६ १३:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT