मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : दाहाल
(धनगढी) — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।
शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार भएकाले मन्त्री हेरफेर हुने चर्चा हल्लामात्र भएको दाबी गरे । दाहाल सुदूरपश्चिममा नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन धनगढी आएका हुन् ।
चिनियाँ राष्ट्रपतिको हालै भएको भ्रमणमा सुदूरपश्चिमका कुनै विकास योजना नसमेटिएको भए पनि आगामी दिनमा योजना अघि बढाइने आश्वासन दिए । उनले भारत र चीन दुबै देशसँगको सम्बन्ध सुदृढ हुँदै गएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया