२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले पन्त अध्यक्षमा विजयी भएको जानकारी दिए । पन्तको प्रतिद्वन्द्वी कुल आचार्य थिए । एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान भएको थियो ।

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

निर्वाचन समितिका सदस्य पाण्डेका अनुसार अध्यक्षमा विजयी पन्तले १ हजार २१७ मत पाएका छन् । प्रतिद्वन्द्वी आचार्यले १ हजार ७० मत प्राप्त गरे ।

चार उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, मन केसी र सोनाम लामा निर्वाचित भए । महिला उपाध्यक्षमा रविना थापा विजयी बने भने महासचिवमा हेमराज शर्माले जितेका छन् ।

४१ पदाधिकारीको लागि मतदान भएको थियो । ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए ।


बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै शुक्रबार १० बजेदेखि मतदान सुरु गरिएको थियो ।


कुल २ हजार ५ सय ७० मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको थियो । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेकाअनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो।


बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रँदा मतपत्रको आधारमा मतदान गरिएको थियो।

प्रकाशित : कार्तिक १, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?