म्यानमारसँग पर्यटन–संस्कृतिमा सघाउने समझदारी

कान्तिपुर संवाददाता

म्यानमार — नेपाल र म्यानमारबीच पर्यटन र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने समझदारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार नेपितस्थित प्रेसिडेन्सियल हाउसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

म्यानमारसँग पर्यटन–संस्कृतिमा सघाउने समझदारी

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।


दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र विनबीच बिहीबारै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । त्यसअघि बिहान उक्त हाउसको परिसरमा भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद प्रदान गरेको थियो ।


राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यानमारमा रहनेछिन् ।


प्रकाशित : कार्तिक १, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?