१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

घूस रकमसहित असई पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — यहाँका एक प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको फन्दामा परेका छन् । गौशाला नपा ४ कठधारस्थित अस्थायी प्रहरी चौकीका असई बृजेशप्रसाद चौधरी १३ हजार घूस रकमसहित चौकीबाटै बिहीबार पक्राउ परेका हुन् ।

घूस रकमसहित असई पक्राउ

चौधरी उक्त पोष्टका प्रमुख (इन्चार्ज) समेत थिए । बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । चौकी इन्चार्ज रहेको हैसियतमा असई चौधरीले एक सीमा व्यापारीलाई भारतीय सामान ओसारपसारमा सहयोग गरिदिने भनि घूस मागेको सूचनाको आधारमा कठधार पुगेको अख्तियार टोलीले घुस रकम लिँदालिँदै उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।


पक्राउपछि असई चौधरीमाथि बर्दिवासस्थित अख्तियारको कार्यालयले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखामा दरबन्दी रहेका चौधरी विगत डेढ महिनादेखि काजमा कठधार चौकीमा कार्यरत थिए ।


चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा महोत्तरी , सिरहा , धनुषा तथा सलाईहीबाट बर्दिवासस्थित अख्तियारको टोलीले घूस रकमसहित १० जनालाई पक्राउ गरी कानूनी उपचारमा पठाइएको त्यहाँका डीएसपी मधुकुमार थापाले बताए ।

प्रकाशित : आश्विन ३०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?