१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआरएनए चुनाव : २५७० मतदातामा २३४४ मत खस्यो

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । 

एनआरएनए चुनाव : २५७० मतदातामा २३४४ मत खस्यो

कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ ।


बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो । बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रदा मतपत्रको आधारमा मतदान गरिएको थियो ।


राति नै मत गणना सुरु गरिने र शुक्रबार बिहानसम्म नतिजा आइसक्ने पनि सदस्य पाण्डेले जानकारी दिए ।

प्रकाशित : आश्विन ३०, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?