१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

५ किलो सुनसहित पक्राउ परेका भरिया सार्वजनिक [भिडियोसहित]

दीपेन्द्र शाक्य

खाँदबारी — संखुवासभा भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई बुधबार प्रहरीले  सार्वजनिक गरेको छ । ठूलो परिणामको सुन आउँदै गरेको विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले तोप्चेन भोटेलाई भोटखोला २ लिङ्गमको घट्टे खोलाबाट पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । 

५ किलो सुनसहित पक्राउ परेका भरिया सार्वजनिक [भिडियोसहित]

चीनको तिब्बतबाट किमाथांका नाकाबाट सदरमुकाम खाादबारी ल्याइँदै गरिएको सुन पहिलोपटक पक्राउ गरिएको हो । प्रहरीले भोटेलाई बुधबार पत्रकार समेलन गरेर सार्वजनिक गरेको हो । भोटेले आफू ओसारपसार गर्ने भरियामात्र भएको बताएका छन् ।

प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट फेला पारेको थियो । झोलामा पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान सुन सोमबार फेला पारेको थियो । सदरमुकामबाट ३ दिनको पैदल दुरीमा सुन सहित पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी ल्याउन ३ दिन लागेको थियो ।

उनको साथबाट बरामद गरिएको सुनको बजार मूल्य करिव तीन करोड सात हजार पर्छ । पक्राउ परेका भोटे र बरामद भएको सुन सहित कानुनी प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने डिएसपी लामाले बताए । स्थायी घर मकालु गाउँपालिका–४ का भोटे खाँदबारी–१ मा बस्दै आएका थिए ।

प्रकाशित : आश्विन २९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?