१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आलमको सेवासुविधामा रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद सचिवालयले एक सूचना प्रकाशित गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमको सेवा सुविधा रोक्का गरिएको जानकारी गराएको छ ।

आलमको सेवासुविधामा रोक

संसद सचिवालयका सचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षर गरिएको पत्र टाँस गर्दै सचिवालयले उपसभामुखलाई आलमको पक्राउ बारे जानकारी गराइएको र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उनको सेवा सुविधा रोक्का भएको जानकारी गराएको छ ।


आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले असोज २६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई मंगलबार अदालतमा पेश गरी थप अनुसन्धानका लागि सात दिनको समय थप गरिसकेको छ ।

प्रकाशित : आश्विन २९, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?