कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद साह पक्राउ प्रकरण : अनुसन्धान गर्न ४ दिनको म्याद

अजित तिवारी

जनकपुर — जनकपुर विमानस्थलको टर्मिनल भवनमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सांसद प्रमोद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सांसद साहलाई अनुसन्धान गर्न बुधबार ४ दिनको म्याद प्रहरीलाई दिएको छ ।

सांसद साह पक्राउ प्रकरण : अनुसन्धान गर्न ४ दिनको म्याद

सांसद साहले जहाज डिले भएको झोंकमा सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेर जनकपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सांसद साहसित घटनाको सम्बन्धमा बयान लिइएको छ ।


अदालतबाट म्याद थपिएपछि सञ्चारकर्मीसित संक्षिप्त कुरा गर्दै सांसद साहले अदालतको निर्णयको सम्मान गर्ने बताए । ‘सही र गलतको मूल्याकंन जनताले गर्नेछ,’ उनले भने,‘निर्णय अदालतले गर्ने हो ।’


यता, सांसद साह पक्राउ परेको विरोधमा उनको दल राष्ट्रिय जनता पार्टी (राजपा)ले बुधबार बिहानैदेखि जनकपुरमा प्रदर्शन गरिरहेको छ । जनकपुरको रामानन्द चोकमा टायर बालेर राजपाका नेता–कार्यकर्ताले १ घण्टा सडक अवरुद्ध गरेका थिए ।


सडकको गतिरोध खुलाउन प्रहरी र प्रदर्शनमा उत्रिएका आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी मेत भएको थियो । राजपाले बुद्ध एयरको जनकपुरस्थित कार्यालयमा तालाबन्दी गरेको छ ।


प्रकाशित : आश्विन २९, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?