कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एनआरएनएको अध्यक्ष पदमा पन्त र आचार्यले दिए उम्मेदवारी

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् । काठमाडौंमा जारी विश्व सम्मेलनअन्तर्गत हुन लागेको निर्वाचनमा उपाध्यक्षद्वय पन्त र आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

एनआरएनएको अध्यक्ष पदमा पन्त र आचार्यले दिए उम्मेदवारी

मनोनयन दर्ता बिहान ८ देखि मध्याह्न १२ बजेसम्म तोकिएको थियो । निर्वाचन समिति सदस्य कुलप्रसाद पाण्डेले अध्यक्ष पदमा पन्त र आचार्यको मात्रै उम्मेदवारी परेको कान्तिपुरलाई जानकारी गराए । उनका अनुसार उपाध्यक्ष, महासचिव लगायत पदमा भएको मनोनयन दर्ताबारे केही समयमा जानकारी गराइने छ ।


मनोनयन दर्ता सकिएसँगै विभिन्न देशबाट भेला भएका गैरआवासी नेपालीहरु आ-आफ्ना उम्मेदवारलाई भोट माग्न व्यस्त छ । चाबहिलस्थित होटल हायातमा मतदाताको भीड लागेको छ । जहाँ निर्वाचनको माहोल निकै तातिएको छ ।


समिति सदस्य पाण्डले साँझ ८ बजेदेखि मतदान सुरु हुने बताए । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ । ‘विद्युतीय मेसिनबाट मतदान हुनेछ,’ उनले भने, ‘मतदान हुन कति समय लाग्छ थाहा छैन तर मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक हुने छ ।’ राति नै मतादाताको नामावली सार्वजनिक गरिएको छ ।


पाण्डेका अनुसार विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ ।


एनआरएनएको ९ औं सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

प्रकाशित : आश्विन २९, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?