१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेकपामा उपनिर्वाचनका लागि कात्तिक १० भित्र उम्मेदवार सिफारिस गर्नुपर्ने

बिनु सुवेदी

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेदवारको सिफारिस पठाउन मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन हुने क्षेत्रबाट तीनजना उम्मेदवरको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो ।

नेकपामा उपनिर्वाचनका लागि कात्तिक १० भित्र उम्मेदवार सिफारिस गर्नुपर्ने

यसरी सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेछ ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रिय कमिटी या जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने निर्णय भएको सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै नगर र गाउँपालिका प्रमुखको उम्मेद्वारीका लागि सम्बन्धित स्थानीय तह या जिल्ला कमिटीको तहमा प्रदेश कमिटीले उम्मेद्वार चयन गर्ने श्रेष्ठले वताए । वडा सदस्यको लागि स्थानीय तहको कमिटीले नै टुंगो लगाउने निर्णय पनि बुधबारको सचिवालय बैठकले गरेको छ ।


मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरि ७ वटै प्रदेशमा उप निर्वाचना हुँदैछ । प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २, प्रदेश सभाका लागि बाग्लुङ २(२), दाङ ३ (२) र भक्तपुर १ (१) तथा अरु स्थानीय तहमा गरि ५० ठाउँमा उपचुनाव हुन लागेको छ ।


यस्तै नेकपा सचिवालय बैठकले पार्टी संगठन विभागमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ । थप हुने सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी छन् । ३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपी विभागले पूर्णता भनेको पाएको छैन ।

प्रकाशित : आश्विन २९, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?