कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सिटिनेटको अन्तर्राष्ट्रिय बैठक ललितपुरमा

कान्तिपुर संवाददाता

ललितपुर — एसिया प्रशान्त क्षेत्रका नगरपालिका तथा सरोकारवाला आबद्ध संस्था ‘सिटिनेट’ को ३८ औं कार्यसमिति बैठक नेपालमा हुने भएको छ । कात्तिक २० देखि २२ सम्म हुने बैठक ललितपुर महानगरपालिकाले आयोजना गर्न लागेको हो । 

बैठकमा विभिन्न देशका नगरप्रमुख र संघसंस्थाका ४७ जना प्रतिनिधि सहभागी हुने महानगरले जनाएको छ । तीन दिनसम्म चल्ने बैठकमा ‘हेरिटेज एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा सेमिनारसमेत हुनेछ । संस्थाको अघिल्लो बैठकले ललितपुर महानगरलाई कार्यसमिति सदस्य चयन गरेको थियो । सिटिनेटको बैठक अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने ललितपुर महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?