सी भ्रमणबारे सञ्चारमन्त्री भन्छन्- ‘सपना योजनामा बदलिए’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले विगतमा देखेका सपनाहरू योजनामा बदलिएको दाबी गरेका छन् । उनले सीको भ्रमणमा भएका समझदारी र सम्झौताले अथाह सम्भावनाको ढोका खोलेको जिकिर गरे ।

सी भ्रमणबारे सञ्चारमन्त्री भन्छन्- ‘सपना योजनामा बदलिए’

‘हिजोका सपनाहरू योजनामा बदलिएका छन् । यी योजना कार्यान्वयनको तहमा क्रमश: जान्छन्,’ सञ्चार केन्द्र नेपालले सीको भ्रमण उपलब्धिबारे मंगलबार गरेको अन्तर्क्रियामा मन्त्री बाँस्कोटाले भने । सीको भ्रमणमा भएका समझदारी/सम्झौताका कारण केही वर्षभित्र नेपालको अर्थतन्त्र, उत्पादन क्षमता र सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने मन्त्री बाँस्कोटाको दाबी थियो ।

यो भ्रमणबाट पर्यटन, ऊर्जा, सञ्चार, व्यापार, यातयात, संस्कृतिलगायत सम्पूर्ण क्षेत्रमा चामत्कारिक प्रभाव देखापर्ने उनले बताए । ‘दुवै देशको हात कसिलोसित मिलेको छ,’ उनले भने, ‘यसले ठोस रूपमा केही सन्देश नेपालभित्र र बाहिर विश्वलाई दिएको छ ।’


प्रकाशित : आश्विन २९, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?