कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गैरआवासीय नेपाली संघको निर्वाचन :  ४२ पदका लागि मतदान आज

विमल खतिवडा

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मनोनयन दर्ता बुधबार बिहान ८ बजे खुल्नेछ । 

गैरआवासीय नेपाली संघको निर्वाचन :  ४२ पदका लागि मतदान आज

मनोनयन दर्ता दिउँसो १२ बजेसम्म खुला रहनेछ । पाण्डेका अनुसार विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता रहेको छ । ४२ पदमा मतदान हुनेछ । राति नै मतादाताको नामावली सार्वजनिक गरिएको छ । ‘बुधबार विद्युतीय मेसिनबाट मतदान हुनेछ,’ उनले भने, ‘मतदान हुन कति समय लाग्छ थाहा छैन तर मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक हुने छ ।’ चाबहिलस्थित होटल हायातमा मंगलबार बिहानैबाट मतदाताको भीड लागेको छ ।


अध्यक्ष पदमा उम्मेदवारका रूपमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य देखिएका छन् । दुवैजना मंगलबार दिनभर भोट माग्न व्यस्त देखिन्थे । अन्य सबैजसो पदमा निर्वाचन हुने सम्भावना छ । उमेदवारहरू भोट माग्न र एजेन्डा बताउन सक्रिय देखिन्थे ।


प्रकाशित : आश्विन २८, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?