राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूतद्वय दाहाल र शेर्पाले लिए शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्टेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले मंगलबार आ-आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थियो । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको थियो ।

प्रकाशित : आश्विन २८, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

एसिड पीडित मुस्कानले १२ कक्षासम्म नि:शुल्क पढ्न पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — एसिड प्रहारबाट घाइते भएकी छपकैया-२ की १४ वर्षीया मुस्कान खातुनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कक्षा १२ सम्म पढाइदिने भएका छन् ।

कीर्तिपुरमा उपचार गराइरहेकी खातुनलाई भेट्न मंगलबार अस्पताल पुगेका अध्यक्ष अन्सारीले व्यक्तिगत रुपमा कक्षा १२ सम्मको सम्पुर्ण पढाइ खर्च व्यहोर्ने बताए । उनले खातुनलाई सान्त्वना दिँदै सरकार समक्ष घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् ।

मुस्कान वीरगन्ज नगरपालिकास्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई दुईजना युवकले वीरगन्जस्थित गणेशमान चोक जाने गल्लीमा गत भाद्र २० गते बिहानै एसिड प्रहार गर्दा घाइते भएकी थिइन् । उनलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर राजधानी ल्याइएको थियो ।

मुस्कानलाई नायक राजेश हमाल,पूर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतका कलाकारहरुले अस्पतालमै पुगेर प्रेरणा दिएका थिए । यस्तै, बलिउड अभिनेता अमिताभ बच्चन लगायतका कलाकारहरुले पनि भिडियो म्यासेज मार्फत् मुस्कानको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×