एसिड पीडित मुस्कानले १२ कक्षासम्म नि:शुल्क पढ्न पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — एसिड प्रहारबाट घाइते भएकी छपकैया-२ की १४ वर्षीया मुस्कान खातुनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कक्षा १२ सम्म पढाइदिने भएका छन् ।

एसिड पीडित मुस्कानले १२ कक्षासम्म नि:शुल्क पढ्न पाउने

कीर्तिपुरमा उपचार गराइरहेकी खातुनलाई भेट्न मंगलबार अस्पताल पुगेका अध्यक्ष अन्सारीले व्यक्तिगत रुपमा कक्षा १२ सम्मको सम्पुर्ण पढाइ खर्च व्यहोर्ने बताए । उनले खातुनलाई सान्त्वना दिँदै सरकार समक्ष घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् ।

मुस्कान वीरगन्ज नगरपालिकास्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई दुईजना युवकले वीरगन्जस्थित गणेशमान चोक जाने गल्लीमा गत भाद्र २० गते बिहानै एसिड प्रहार गर्दा घाइते भएकी थिइन् । उनलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर राजधानी ल्याइएको थियो ।


मुस्कानलाई नायक राजेश हमाल,पूर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतका कलाकारहरुले अस्पतालमै पुगेर प्रेरणा दिएका थिए । यस्तै, बलिउड अभिनेता अमिताभ बच्चन लगायतका कलाकारहरुले पनि भिडियो म्यासेज मार्फत् मुस्कानको स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?