कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ — बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर आरोपमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । १३ दिनको म्याद पक्राउ परेको दिनदेखि नै गनिने छ। अब महरालाई थप ३ दिन हिरासतमा राखिनेछ । असोज १९ गते पक्राउ परेका महरालाई मंगलबार अदालत उपस्थित गराइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अदालतबाट महरालाई ३ दिन थुन्न अनुमति पाएको जानकारी दिए ।

महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सरकारी कार्यालय बिदा भएकोले पक्राउ परेको १० दिनसम्म उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थिएन । मंगलबार दिएको १३ दिनको समयमध्ये पक्राउ परेयताको १० दिन र बाँकी ३ दिन पनि जोडिने छ । महराको पक्षमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठसहितका वकिलले बहस गरेका थिए ।


जसअनुसार उनी शुक्रबारसम्म हिरासतमा रहनेछन् । यो अवधिमा महरासँग आरोपमाथि प्रहरीले बयान लिनेछ । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पीडित रोशनी शाही र आरोपित महराको फरेन्सिक जाँच गराइसकेको छ । महरासँगको बयान र फरेन्सिका जाँचको प्रतिवेदनको आधारमा अनुसन्धान प्रतिवेदन तयार पार्ने प्रहरीको तयारी छ ।


आगामी ३ दिनसम्म पनि अनुसन्धान नसकिए महरालाई फेरि अदालतमै उपस्थित गराएर म्याद थप गरिने छ ।

प्रकाशित : आश्विन २८, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?