१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महरालाई जिल्ला अदालतमा पेस गरियो

काठमाडौँ — संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले मंगलबार अदालतमा पेस गरेको छ ।

महरालाई जिल्ला अदालतमा पेस गरियो

नर्भिक अस्पतालमा उपचाररत महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले त्यहींबाट सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । त्यसपछि सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि बयानका लागि वा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पठाएको हो ।

स्रोतका अनुसार महराले सरकारी वकिललाई आफू बयान दिन सक्ने अवस्थामा रहेको बताए उनको आजै बयान हुने छ भने बयान दिन सक्ने अवस्था नरहेको बताए म्याद थपका लागि अदालतमा पेस गरिनेछन् ।

प्रकाशित : आश्विन २८, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?