१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरगति पाएकाका नाममा भवन

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका आफ्ना अधिकृत तथा जवानका नामबाट सशस्त्र प्रहरीले मातहतका भौतिक संरचनाको नामकरण गर्ने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको अध्यक्षतामा भएको ‘प्रिन्सिपल स्टाफ कमिटी’ (पीएससी) बैठकले १० वर्षे सशस्त्र आन्दोलन र त्यसयता वीरगति प्राप्त अधिकृत तथा जवानका नाममा कार्यालय/ब्यारेकस्थित भवनको नामकरण गर्ने निर्णय गरेको हो । ‘पीएससी’ सशस्त्र प्रहरी बलको नीति/निर्णय गर्ने सबैभन्दा माथिल्लो संयन्त्र हो ।


सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बल स्थापनाकालयता वीरगति प्राप्त अधिकृत तथा जवानका नाममा ब्यारेक तथा त्यससँग जोडिएका बाटाको नामकरण गर्ने निर्णय भएको बताए । द्वन्द्वकाल र त्यसयता सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठसहित ३ सय १८ अधिकृत तथा जवानले वीरगति प्राप्त गरेका छन् ।

प्रकाशित : आश्विन २८, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?