२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड

सुदीप कैनी

काठमाडौँ — विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर मापदण्ड पूरा नगरी चलेका कलेजहरू बन्द हुने भएका छन् । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले भौतिक, शैक्षिकलगायतका पूर्वाधार पूरा नगरेका शिक्षण संस्था बन्द गर्न सुझाव दिएअनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ ।

शिक्षा मन्त्रालयमा दर्ता भएर विदेशी शिक्षण संस्थाबाट सञ्चालित कलेज ९५ वटा छन् । कतिपय कलेजले मन्त्रालयको स्वीकृति बिनै शैक्षिक कार्यक्रम चलाउँदै आएका छन् ।


‘मन्त्रालयले विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजका विषयमा मापदण्ड बनाउँदै छ,’ उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले उनले भने, ‘छिट्टै मापदण्ड स्वीकृति गराएर कार्यान्वयनमा जान्छौं ।’


कार्यदलले अध्ययनका क्रममा ती शिक्षण संस्थाको अनुगमनसमेत गरेको थियो । अनुगमनकै आधारमा ए लेभलका कार्यक्रम सञ्चालन गर्ने ९ वटा शिक्षण संस्थालाई बन्द गराउन कार्यदलले सिफारिस गरेको छ । ए लेभल चलाउने शिक्षण संस्थाहरूले शैक्षिक मापदण्ड पूरा नगरेका कारण बन्द गराइने जानकारी सापकोटाले दिए ।


मन्त्रालयले भौतिक पूर्वाधार, शिक्षण गतिविधि, शैक्षिक कार्यक्रम, परीक्षाको स्तरीयता, ल्याब, लाइब्रेरीको अवस्थासमेतलाई मूल्यांकन गर्ने गरी मापदण्ड प्रस्ताव गरेको छ । ‘न्यूनतम मापदण्ड पनि पूरा नभए कलेज बन्द गराउनुको विकल्प हुँदैन,’ उनले भने, ‘मन्त्रालयले तय गरेको नयाँ मापदण्ड पूरा गर्न चाहने कलेजलाई बन्द गराउनु अघि निश्चित समयसीमा दिन सकिन्छ ।’

प्रकाशित : आश्विन २७, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?