१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सांसद पक्राउको विरोधमा चन्द्रनिगाहपुरमा जुलुस

शिव पुरी

रौतहट — सांसद मोहम्मद आफताव आलमलाई रिहाईको माग गर्दै कांग्रेसले सोमबार चन्द्रनिगाहपुरमा जुलुस निकालेको छ । जुलुसमा चन्द्रपुर र बृन्दावनका मेयर समेत सहभागी थिए । 

सांसद पक्राउको विरोधमा चन्द्रनिगाहपुरमा जुलुस

सांसद आलमलाई नियतवस पक्राउ गरेको भन्दै कांग्रेस कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका थिए । कांग्रेसले आफ्नो सांसदको बिनासर्त रिहाईको माग गर्दै जुलुस निकालेको हो । चोक परिक्रमा पछि चन्द्रनिगाहपुर पार्कमा केही बेर कोणसभा गरेको थियो ।


राजमार्ग अवरुद्ध हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जुलुसले एक घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने हल्ला चलेपछि सवारी सुचारु गराउन सुरक्षाकर्मी तयारी हालतमा बसेको थियो ।


बृन्दवनका मेयर रामस्नेही रायले भ्रष्ट सरकारले आफ्ना नेता तथा सांसद आलमलाई षड्यन्त्रपूर्वक पक्राउ गरेको बताए । ‘आलमलाई बिनासर्त रिहाई नगरेसम्म आन्दोलन जारी रहन्छ, ’ उनले भने ,‘विपक्षीको मर्यादा राख्न नसक्ने सरकारलाई जनताले देखाउने छन् ।’


आलम पक्राउको विरोधमा जिल्लाका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताले बिहानदेखि टायर बालेका थिए । आलमलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।


यो पनि पढ्नुहोस्:

रौतहट बम विस्फोट काण्ड : 'घाइतेलाई इँटाभट्टाको आगोमा हाली जलाइएको थियो'

कांग्रेस कार्यकर्ताले सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

हत्या आरोपी सांसद आलमको सेवासुविधा रोक्का*

प्रकाशित : आश्विन २७, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?