२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

श्रीमानको कुटाइबाट मृत्यु

गणेश चौधरी

टीकापुर — लम्की चुहा नगरपालिका–१ भुरुवामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती ३१ वर्षिया जानकीको आइतबार मृत्यु भएको हो ।

श्रीमानको कुटाइबाट मृत्यु

रोजगारीको लागि भारतमा रहेका थापा दसैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।


२४ गते मात्रै घटनाको विषयमा प्रहरीलाई जानकारी भएपछि घाइते जानकीलाई प्रहरीको सहयोगमा नेपालगन्जमा उपचारका लागि पठाइएको थियो ।


नेपालगन्जबाट उपचार गराएर घर फर्केकी उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट पनि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा आइतबार दिउँसो जानकीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


जानकीका श्रीमान धिरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?