३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हत्या आरोपी सांसद आलमको सेवासुविधा रोक्का*

कान्तिपुर संवाददाता

काठमाडौँ — हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो ।

हत्या आरोपी सांसद आलमको सेवासुविधा रोक्का*

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । उनी कांग्रेस पूर्व केन्द्रीय सदस्यसमेत हुन् । आलमलाई २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।


अदालतबाट दोषी ठहर भएमात्र आलमको पद गुम्ने छ । यसैगरी अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ। अदालतले अन्तिम फैसला नगरेसम्म उनी सांसदको लोगो लगाएर जेलमै रहनेछन्।

*सेवासुविधामाथि रोक्का हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?