१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कमजोरीका बाबजुद भ्रमण सफल : राजपा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल र ऐतिहासिक भएको प्रतिक्रिया व्यक्त गरेको छ । तर, भ्रमणका क्रममा मधेस केन्द्रित दल र मधेसी जनताको विचारलाई महत्व नदिएकोप्रति उसले असन्तुष्टी प्रकट गरेको छ । 

कमजोरीका बाबजुद भ्रमण सफल : राजपा

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा मधेस र मधेस केन्द्रित दललाई उपक्षा गर्दा चीन र नेपालकै लागि पनि हित नहुने बताए ।


‘यत्रो उच्चस्तरको भ्रमणमा मधेस र मधेसी दलको खोजीखबर भएन । हाम्रो सरकारबाट भएन या चिनियाँ पक्षबाट भएन, यो एउटा कमजोरी भयो’ महतोले कान्तिपुरसँग भने, ‘यो कमजोरी बाहेक भ्रमण सफल भएको छ ।’


चिनियाँ राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण आफैँमा ऐतिहासिक रहेको भन्दै महतोले यसबाट नेपालले अधिकतम् लाभ लिन सक्नुपर्ने बताए । ‘यो उच्च स्तरको भ्रमणले चीन र नेपालको सम्बन्ध बलियो र फलदायी बनाएको छ । यसबाट हामीले अधिकतम लाभ लिनुपर्छ’ उनले भने ।

प्रकाशित : आश्विन २६, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?