१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिनियाँ राष्ट्रपतिको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध स्थापना

अमृता अनमोल

बुटवल — बुटवल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सियान सिटी चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगर हो । 

चिनियाँ राष्ट्रपतिको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध स्थापना

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका अवसरमा आइतबार काठमाडौंमा भगिनी सम्बन्ध स्थापना भएको हो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितीमा ऐतिहासिक सम्बन्ध स्थापनाको हस्ताक्षारपछि समझदारी पत्र आदनप्रदान गरे ।


भगिनी सम्बन्धले विकास र संस्कृति आदान प्रदान हुने उपमहानगर प्रमुख सुवेदीले बताए । ‘त्यहााको कला, संस्कृति र विकास हामीले सिक्ने छौ । यहाँको त्यहाँ सिकाउने अवसर जुरेको छ,’ उनले भने,‘यसले सम्वृद्ध नगर बनाउन सहज हुनेछ ।’


सियान चीनको सांस्कृतिक हिसाबले धनी सहर मानिन्छ । बुटवल बुद्धबलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकशको अवशेष फेला परेको क्षेत्र हो ।


सियान सहरका उच्च अधिकारीहरुले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको भन्दै प्रसंशासमेत गरेका थिए ।

प्रकाशित : आश्विन २६, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?