१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

शिव पुरी, मातृका दाहाल

रौतहट — नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेख इद्रिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

२०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए । प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

२०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।

२०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चालाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुन: सर्वोच्चमा निवदेन दिएका थिए ।


आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन् । एसपी खत्रीले सर्वोच्चको आदेश अनुसार आरोपीलाई पक्राउ गरेर थुनामा राखिएको बताए । 'आदेश पालना नगर्दा मानहानी हुने देखेर आजै हामीले आलमलाई पक्राउ गरेका हौं । आज सार्वजनिक बिदा प्काले भोली म्याद थपका लागि अदालत उपस्थित गराइन्छ,' उनले भने ।

आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन् ।


उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ ।


प्रकाशित : आश्विन २६, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?