कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लान्चौ–काठमाडौं कार्गोरेलका पूर्वाधार निर्माण तीव्र

लक्ष्मी लम्साल

(बेइजिङ) — चीनले दक्षिण एसिया छिर्ने मालवाहक रेलका लागि लान्चौ–काठमाडौंमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । कान्सु प्रान्तको लान्चौ सहरको व्यापार प्रतिनिधि कार्यालय गत मेमा काठमाडौंमा स्थापना भइसकेको छ । लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाह, क्षेत्रीय लगानी तथा विकास कम्पनी लिमिटेडका अध्यक्ष वेई स्युका अनुसार काठमाडौंमा मालवाहक रेल वितरण केन्द्र, एसेम्ब्ली सेन्टर, वायरहाउस, सीमापार पार्किङलगायत पूर्वाधार निर्माण गरिनेछन् । 

चीनले निर्माण गरिरहेका तीन मुख्य घरेलु सुक्खा बन्दरगाहमध्ये एक लान्चौ अन्तर्राष्ट्रिय बन्दरगाहले पछिल्ला वर्षहरूमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय व्यापार च्यानल सुधारलाई तीव्रता दिएको छ र यसको कारण यहाँको उपभोक्ता बजार हो । दक्षिण एसियाली अन्तर्राष्ट्रिय कार्गो नेपालको काठमाडौं र पाकिस्तानको इस्लामावादमार्फत दक्षिण एसियाका ७ ठूला बजार भारत, पाकिस्तान र नेपालतर्फ खुले पनि परिपक्व हुन बाँकी छ । वेईका अनुसार भारत र पाकिस्तान गरी १.५७ बिलियन दक्षिण एसियाली उपभोक्तासँगको सम्पर्कलाई चीनले महत्त्व दिएको छ । काठमाडौंसँगै लान्चौ–इस्लामावाद कार्गो रेलपछि दक्षिण एसिया लक्षित चीनको अन्तर्राष्ट्रिय मालवाहक रेल विस्तारको कामले गति लिएको एक अधिकारीले बताए ।


अहिलेसम्म प्रभावकारी दक्षिण एसियाली रेल सिपिङमध्ये तुलनात्मक सहज लाइन लान्चौदेखि काठमाडौंतर्फ चलिरहेको छ । ३ वर्षअघि अर्थात् सन् २०१६ मा खुलेयता यसले ३०० कार्गोमार्फत १ लाख ८५ हजार टन सामग्री दक्षिण एसियाली बजारमा पठाएको छ । ओसारिएका सामग्रीमा मेसिनरी तथा उपकरण, अटो पार्ट्स तथा दैनिक आवश्यकताका वस्तु छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार कान्सु प्रान्तको चिङनिङ स्याउ, थ्यानश्वे प्याज र निर्माण सामग्री हजारौं दक्षिण एसियालीको घरमा पुगेका छन् । कान्सु अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह व्यवस्थापन समितिका उपनिर्देशक लुओ कानले मुख्य अन्तर्राष्ट्रिय व्यापारिक च्यानलबारे जानकारी दिँदै केन्द्रीय एसिया, केन्द्रीय युरोप, दक्षिण एसिया र अन्तर्राष्ट्रिय सुक्खा तथा समुद्री मार्ग (सिंगापुर) लाई चीनले महत्त्वका साथ अघि बढाइरहेको बताए ।


प्रकाशित : आश्विन २६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?