राष्ट्रपति सीसँग राष्ट्रिय सभा अध्यक्षको भेट 

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सीसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले छुट्टै शिष्टाचार भेट गरेका छन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य रहेको बताएका थिए ।

राष्ट्रपति सीसँग राष्ट्रिय सभा अध्यक्षको भेट 

‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनविरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौं,’ सीसँगको भेटमा अध्यक्ष तिमल्सिनाले भनेका थिए । चीनले अगाडि सारेको बीआरआईमा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको उल्लेख गर्दै उनले उक्त परियोजना सफलताको शुभकामना पनि दिए । भेटका क्रममा राष्ट्रपति सीले नेपालका लागि सबै किसिमका सहयोग गर्न चीन तयार रहेको बताएका थिए । उनले नेपालको संसदको तर्फबाट नेपाली सांसदहरूलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका थिए ।

चीनका राष्ट्रपति सीले आइतबार बिहान पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट्दै छन् ।

प्रकाशित : आश्विन २६, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?