नेपाल र चीनबीचको सम्बन्धमा समस्या छैन: राष्ट्रपति सी

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिफिङले नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । उनले नेपाल र चीनबीच मित्रता मात्रै रहेको बताए ।

नेपाल र चीनबीचको सम्बन्धमा समस्या छैन: राष्ट्रपति सी

उनले नेपालको राजनीतिक स्थायित्व, समाजिक सद्भाव र जनताको सुखी जीवन देखेर आफू अत्यन्तै हर्षित भएको बताए ।

सीले नेपालको सुनौलो भविष्यप्रति आशाहरु जागेको बताए । उनले आगामी दिनहरुमा नेपाल र चीनबीच अझ घनिष्ट राजनीतिक सम्बन्ध हुने विश्वास व्यक्त गरे ।


यस्तै साझा जित हुने शुभकार्य गरेर पुस्तापुस्ताबीच रणनितिक साझेदार निर्माण गर्न कार्यहरु गरिने उनले बताए ।

प्रकाशित : आश्विन २५, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?