३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

केरुङदेखि काठमाडौं हुँदै लुम्बिनसम्मको रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको अपेक्षा छ : राष्ट्रपति भण्डारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनसम्मको रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताएकी छन् । शनिबार साँझ सोल्टी होटलमा आयोजित रात्रि भोज कार्यक्रममा उनले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने कुराहरुमा जोड दिँदै आएको बताइन् । 

केरुङदेखि काठमाडौं हुँदै लुम्बिनसम्मको रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको अपेक्षा छ : राष्ट्रपति भण्डारी

उनले रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्षमा नेपालीहरुको यो चाहाना छिटै पुरा हुनेमा विश्वास रहेको बताइन् ।


उनले भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको बताउँदै व्यापार,लगानी तथा अन्तनिर्भिरताले साझा भविष्यका लागि सहकार्य गर्ने बलिया साझेदार बनाएको बताइन् । दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन नेपाल प्रतिबद्ध रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

प्रकाशित : आश्विन २५, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?