चिनियाँ राष्ट्रपति सीको सवारीपछि बानेश्वरमा बाटो काट्नेको भीड

तस्बिर : सन्जोग मानन्धर, तस्बिर : बिजु महर्जन

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीपछि बानेश्वरमा बाटो काट्नेको भीड लाग्यो । दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका क्रममा शनिबार साँझ सडकको दायाँबायाँमा सर्वसाधरणलाई हिँड्न रोक लगाइएको थियो । उच्च सुरक्षाबीच सी विमानस्थलबाट सोल्टी होटल गएका थिए । सवारीका क्रममा सडक खाली गराइएको थियो ।

ZenTravel


प्रकाशित : आश्विन २५, २०७६ १९:०७

राष्ट्रपति सी सोल्टी होटल जानेक्रममा त्रिपुरेश्वर ।

राष्ट्रपति सी सोल्टी होटल जानेक्रममा त्रिपुरेश्वर ।

राष्ट्रपति सी सोल्टी होटल जानेक्रममा त्रिपुरेश्वर चोक ।

प्रतिक्रिया
पठाउनुहोस्

त्रिभुवन विमानस्थलबाट यसरी कारकेडमा गए चिनियाँ राष्ट्रपति सी

तस्बिर : इलिट जोशी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् । उनी एयर चाइनाका २ वटा विमानबाट ल्याइएका कारकेड र बुलेटप्रुफ कारको सुरक्षा घेरामा रहँदै सोल्टी गएका हुन्। सी शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएका थिए ।

ओर्लिएपछि समकक्षी सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन् । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७६ १८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×