कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्री ओलीको एयरपोर्टमै सी चिनफिङसँग परिचयात्मक भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई  प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सबै सदस्यलाई परिचय गराएकी छन् । भण्डारी समकक्षी सीलाई स्वागत गर्न विमानस्थलमै पुगेकी थिइन् । यसरी वशिष्ट पाहुना आउँदा भण्डारी स्वागत गर्न दोस्रो पटक गएकी हुन् ।

प्रधानमन्त्री ओलीको एयरपोर्टमै सी चिनफिङसँग परिचयात्मक भेट

परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित भएका छन् । ‘गार्ड अफ अनर' पछि परिचयात्मक कार्यक्रम भएको हो ।


तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू विमानस्थलमै पुगेका थिए ।

कुनै मुलुकले आफूले बोलाएका पाहुनालाई स्वागत कसरी गर्ने भन्ने सम्बन्धित मुलुकले तय गर्छन् । स्वागतमा कुन स्तरका अधिकारी उपस्थित हुने भन्ने एकरूपता छैन । त्यसैले आवश्यकताअनुसार जोसुकै अधिकारी पुग्न सक्छन् । तर विशेष स्वागत र सम्मानको सन्देश दिन उपल्लो तहका अधिकारीहरू विमानस्थल पुग्ने चलन छ ।

राष्ट्रपति सीको भ्रमणलाई पनि विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो । सन् १९७८ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री देङ सियाओपिङको नेपाल भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्वागत गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?