कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा

जगदिश्वर पाण्डे

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका छन् ।भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो करिव २ बजे नेपालका लागि उडेका थिए । सी नेपालमा पौने ५ बजे आइपुगेका हुन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपालमा

उनीसँगै दुईवटा विमान त्रिभुवन विमानस्थलमा आउनेछन् । जसमध्ये एउटा विमान ४ बजेर १० मिनेटमा अवतरण गरेको छ ।

सी एयर चाइना विशेष जहाजमार्फत नेपाल आएका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रकाशित : आश्विन २५, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?