आमा बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ

निर्मला खडायत

धनगढी — दसैं मनाउन भारतबाट घर फर्केका कैलालीका एकजना युवकले आफ्नै आमालाई बलात्कार प्रयास गरेका छन् ।

आमा बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ

जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय ती युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।


शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । आमा कराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।


सुखड प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : आश्विन २५, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?