कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिन्धुपाल्चोक बस दुर्घटना : काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत मध्ये ४ को अवस्था गम्भिर

काठमाडौँ — सिन्धुपाल्चोक बस दुर्घटनामा परेर ट्रमा सेन्टर ल्याइएकामध्ये ४ को अवस्था गम्भिर र ९ जनाको अवस्था सामान्य छ । शुक्रबार साँझसम्म घाइतेहरूलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखेर उपचार गरिएको छ । ट्रमामा उपचारका लागि भर्ना भएका घाइतेमा ८ जना महिला र ५ जना पुरुष छन् ।

सिन्धुपाल्चोक बस दुर्घटना : काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत मध्ये ४ को अवस्था गम्भिर

एकजना बालक पनि यहीँ उपचाररत छन् । गम्भिर घाइते हुनेमा १९ वर्षिया मञ्जु तामाङ, २२ वर्षिया अञ्जु लामा र उमेर नखुलेकी सल्फु श्रेष्ठ छन् ।


उनीहरूलाई घटनास्थलबाट शुक्रबार दिउँसो १ बजे ट्रमा सेन्टर पुर्‍याइएको थियो ।


घाइतेको टाउको, खुट्टा र मेरुदण्डमा गम्भिर चोट लागेको शल्यक्रिया पनि गर्नुपर्ने अस्पतालका सूचना अधिकारी अर्जून भेटवालले बताए । ‘घाइतेको पहिले इमर्जेन्सीबाट उपचार गरिन्छ । रगत, सिटी र अन्य रिर्पोट आएपछि आईसीयू लगायत अन्य कक्षमा सारिन्छ,’ उनले भने ।


ट्रमा सेन्टरका चार आईसीयू चिनिया भिभिआईपीका लागि खाली गरेर तयारी अवस्थामा राखिएकाले घाइतेलाई आईसीयू पाउन मुस्किल छ । आवश्यक परे घाइतका लागि ती आईसीयू पाउन मुस्किल छ । आवश्यक परे घाइतका लागि ती प्रयोग गरिने भेटवालले बताए । अहिलेको लागि घाइतेहरू सबैको उपचार निशुल्क गरिएको अस्पतालले जनाएको छ ।


प्रकाशित : आश्विन २४, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?