कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु भएको पुष्टी, २३ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु भएको पुष्टी, २३ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो [अपडेट]

बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । प्रहरीका अनुसार बस भित्र र छतमा पनि यात्रुहरु खचाखच थिए । दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ । थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ ।

धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ । धुलिखेल अस्पतालका चिकित्सक दीपक श्रेष्ठका अनुसार ६ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जनाको शल्याकृया जारी छ । यस्तै बनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ ।


हालसम्म मृतक ५ जनाको मात्रै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती-९ की संगिता श्रेष्ठ, हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती-१० का रितेश आचार्य छन् । त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ ।


बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर तल खसेको अनुमान प्रहरीको छ।


यसअघि प्रकाशित समाचारमा भुलवश मृत्यु हुनेको संख्या ११ हुनुपर्नेमा अन्यथा उल्लेख भएको सच्याइएको छ ।

प्रकाशित : आश्विन २४, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?