चिनियाँ राष्ट्रपति नेपाल र भारतको भ्रमणका लागि प्रस्थान

लक्ष्मी लम्साल

(बेइजिङ) — चीनका राष्ट्रपति सी चिनफिङ नेपाल र भारतको भ्रमणका लागि चिनियाँ समयअनुसार शुक्रबार बिहान भारततर्फ प्रस्थान गरेका छन् । भारतमा हुने चीन-भारत नेतास्तरीय दोस्रो अनौपचारिक भेटवार्ता सकेर राष्ट्रपति सी नेपाल प्रस्थान गर्ने कार्यक्रम छ।

चिनियाँ राष्ट्रपति नेपाल र भारतको भ्रमणका लागि प्रस्थान

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अक्टोबर १ को घरेलु कार्यक्रमपछि चिनियाँ राष्ट्रपतिले विदेश भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।


भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्‌का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायत सहभागी रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ती दुवै मुलुकको भ्रमणका लागि सी ११ तारिख विशेष विमानद्वारा बेइजिङबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रकाशित : आश्विन २४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?