कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रिपरिषद्‌द्वारा २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।  

मन्त्रिपरिषद्‌द्वारा २ अर्ब ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार

त्यस्तै बैठकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई जिम्मेवारी तोक्ने निर्णय गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार बैठकले ०७६/०७७ मा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ७ वटा आयोजनाका लागि ६० जना राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।


सहायक रथीद्वय अशोकराज सिग्देल, गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा पदोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै नख्खु खोला-भैंसेपाटी-बुङ्गमति सडक स्तरोन्नती गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, नेपाल भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति संयुक्त कार्यसमूहको सातौं बैठकमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

प्रकाशित : आश्विन २३, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?