चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा : सरकारका प्रवक्ता बाँस्कोटा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा : सरकारका प्रवक्ता बाँस्कोटा 

'हामीले महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा गरेका छौं' सञ्चारमन्त्री बाँस्कोटाले भने । उनले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको पनि बताए ।


राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार नेपाल आउने कार्यक्रम छ ।

सी भ्रमणका क्रमममा रेल्वे, सडक, फाइबर, विद्युत्‌का ट्रान्समिसन विस्तारको एजेन्डा रहने बताए । उनका अनुसार दुई देशका अधिकारीबीच अरनिको राजमार्ग स्तरोन्नति, रसुवागढी-छहरे-काठमाडौं टनेल, रेल्वे, उत्तर-दक्षिण करिडोर, सीमा व्यवस्थापनका विषयमा सकारात्मक छलफल चलिरहेको छ ।


मन्त्री बाँस्कोटाले २३ वर्ष पछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल मात्रै नभइ ऐतिहासिक बनाउन सरकार लागि परेको बताए । उनले राष्ट्रपति सीको भ्रमण पूर्ण सफल पार्न नागरिक, विभिन्न राजनीतिक दलहरुबाट सहयोग हुने आशा र अपेक्षा राखेको पनि बताए ।

यो पनि

प्रकाशित : आश्विन २३, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?