१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हिरासतमा रहेका महरा रक्तचाप बढेपछि स्वास्थ्य परिक्षणका लागि नर्भिक अस्पतालमा, भर्ना गर्ने/नगर्ने टुंगो नभएको प्रहरीको भनाई

प्रहरी भन्छ- 'भर्ना गर्ने/नगर्ने बारे टुंगो लागेको छैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परिक्षणका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ ।

हिरासतमा रहेका महरा रक्तचाप बढेपछि स्वास्थ्य परिक्षणका लागि नर्भिक अस्पतालमा, भर्ना गर्ने/नगर्ने टुंगो नभएको प्रहरीको भनाई

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार महरालाई अहिले नियमित परिक्षणका लागि मात्रै अस्पताल लगिएको हो । 'उहाँले पहिल्यै देखि नर्भिकमै परिक्षण गराउँदै आउनुभएको रहेछ । त्यसैले उहाँलाई यहाँ ल्याइएको हो,' उनले भने, 'उहाँमा उच्च रक्तचाप र मुटुको समस्या रहेछ । चिकित्सले परिक्षण पछि भर्ना गर्न पर्ने वा नपर्ने बताएपछि मात्रै केही भन्न सकिन्छ । अहिले उहाँको स्वास्थ्य परिक्षण भइरहेको छ ।'

महराको पक्राउ परेको दिनदेखि नै रक्तचाप अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा पनि केही समस्यादेखिएको थियो । त्यसपछि हिरासतमै उनलाई अक्सिजन दिने व्यवस्था प्रहरीले मिलाएको थियो ।


महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो।


संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो । प्रहरीले गत शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

प्रकाशित : आश्विन २३, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?