साथीहरुबीच सामान्य विवादमा कुटपिटपछि हत्या

प्रतीक्षा काफ्ले

(गण्डकी) — भलिबल खेल्नको लागि जम्मा भएका स्थानीय युवाहरुबीच एक–आपसमा झगडा हुँदा स्याङ्जाको हरिनास गाउँपालिका–५ बलिडाँडामा एक युवाको मृत्यु भएको छ । सैसाथीबीच झगडा हुँदा कुटपिट गर्दै हत्या गरेको प्रहरीले बताएको छ ।

साथीहरुबीच सामान्य विवादमा कुटपिटपछि हत्या

बुधबार राति बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको हत्या भएको स्याङ्जा प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए । एसपी लम्सालका अनुसार आपसी झगडा हुँदा कुटपीट भएपछि आलेको घटनास्थलमा नै मृत्यु भएको थियो । आलेको मृत्युपश्चात घटनामा संलग्न युवाहरु फरार रहेको प्रहरीले बताएको छ ।


फरार युवाहरुलाई बिहीबार बिहान विभिन्न स्थानमा रहेको प्रहरी युनिटका प्रहरी परिचालन गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २३ वर्षीय नरेश मानन्धर, वर्ष ३० का मातृका मानन्धर, वर्ष १९ का विमल मानन्धर, वर्ष २८ का अमृत मानन्धर, वर्ष १९ का धरम मानन्धर रहेको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

डीएसपी भण्डारीका अनुसार घटनाको विषयमा थप अनुसन्धानको कार्य जारी छ । प्रहरीले ४ जनालाई रत्नपुर प्रहरी चौकी र २ जनालाई तनहुँको भीमाद प्रहरी चौकीबाट पक्राउ गर्न सफल भएको बताएको छ ।

प्रकाशित : आश्विन २३, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?