कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डण्डामा बस र जिप एकआपसमा ठोकिँदा एकको मृत्यु , ८ घाइते 

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्गको डण्डामा बस र जिप एकआपसमा ठोकिँदा नवलपरासी जमुनियाका बलियार सुनारको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

डण्डामा बस र जिप एकआपसमा ठोकिँदा एकको मृत्यु , ८ घाइते 

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार बिहिवार बिहान काठमाडौंबाट सुर्खेत हिँडेको बस र बुटवलतर्फ हिडेँको बलेरो गाडी डण्डा नजिक जुधेको हो । दुर्घटनामा घाइतेहरुको स्थानीय अस्पतालमा उपचार गरिएको छ । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

राति पौने एक बजे भएको दुर्घटना सडकमा उछिन्न खोज्दा भएको देखिएको प्रहरीले जनायो ।


प्रकाशित : आश्विन २३, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?