चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीसहित परराष्ट्रविदहरुसँग छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।

प्रकाशित : आश्विन २३, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

तौथलीमा दही छ्यापाछ्याप (फोटोफिचर)

अनिश तिवारी

तौथली (सिन्धुपाल्चोक) — जिल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको भव्य तौथली बजारमा बुधबार रमाइलो जात्रा सम्पन्न भयो । दही छ्यापाछ्याप गरेर मनाइने यो जात्रा आफैंमा रमाइलो किसिमको छ । ठेकी र बाल्टीनमा भरिएको अबिर मिसिएको दही छ्यापा छ्यापसँगै चर्को स्वरमा ‘जय जय ओम महादेवी’को स्वर बुलन्द गर्दै नगर परिक्रमा गरिने यो जात्रामा तान्त्रिकविधिसहित पुजा गरेर ल्याइएका ६ वटा परम्परागत लिंगोमा अक्षेता छर्किए लगत्तै दहीको होली सुरु हुन्छ ।

दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिन्छ । हनुमानढोका दिगु तलेजुका सात छोरी मध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पुजा र बली फुलपातीबाट सुरु हुन्छ । फुलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुरा धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । जसमा देविको कृपाले बाँचेको एउटा मात्रै माछालाई बली चढाएर यहाँको पुजा सुरु हुन्छ । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने भैरव, कुमारी, चण्डी, नागनागिनी, स्याल कहनजस्ता दर्जनौंको नृत्य पनि देखाइन्छ ।

प्रकाशित : आश्विन २३, २०७६ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्