आज ३ बजे राष्ट्रपति सीको सुरक्षार्थ खटिएको टोलीले 'रिहर्सल' गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे 'फूल रिहर्सल' गर्ने भएका छन् ।

आज ३ बजे राष्ट्रपति सीको सुरक्षार्थ खटिएको टोलीले 'रिहर्सल' गर्ने

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर 'फूल कार्केड रिहर्सल' गर्न लागेका छन् ।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन् ।

यसअघि प्रकाशित समाचारमा कार्केड हुनुपर्नेमा भुलवश अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।

प्रकाशित : आश्विन २३, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?