फुटबल विश्वकप छनोट : भोली नेपाल अस्ट्रेलियासँग भिड्ने (तस्बिरहरु)

नेपाली टोलीको तयारी राम्रो रहेको प्रशिक्षक कालिनको दाबी

अस्ट्रेलिया — बिहीबार अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत आफ्नो तेस्रो खेल खेल्दै छ । राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।

फुटबल विश्वकप छनोट : भोली नेपाल अस्ट्रेलियासँग भिड्ने (तस्बिरहरु)

बुधबार भएको प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले दुवै टिममा एघार एघार जना खेलाडी हुने भएकाले नतिजा जसको पक्षमा पनि जान सक्ने प्रतिृकया दिएका छन् ।


अस्ट्रेलिया बलियो टिम भएपनि आफूहरुले राम्रो तयारी गरेको उनको भनाइ छ । अस्ट्रेलियन प्रशिक्षक ग्राहम आरनोल्डले नेपाल विरुद्ध आक्रमक खेल खेल्ने उल्लेख गरे । नेपालले खेल्न लागेको यो अहिले सम्मकै ठुलो खेल हो ।


फिफा वरियतामा नेपाल एक सय ६१ र अस्टेलिया ४४ औं स्थानमा छ ।


नेपालले विश्वकपको दोस्रो चरण खेलिरहेको छ भने अस्ट्रेलिया रसियासहित पाँच पटक विश्वकपमा सहभागी भइसकेको छ । यसअघि छनोटमा नेपालले कुतेवसँग सात शुन्यको हार बेहोर्दा चाइनितज ताइपेइलाई भने दुई शुन्यले पराजित गरेको थियो ।


अस्ट्रेलियाको यो दोस्रो खेल हो । उसले आफ्नो पहिलो खेलमा कुवेतलाइ तीन शुन्यले पराजित गरेको थियो । उसको टिममा प्रिमियर लिगसहित युरोपका विभिन्न क्लबकबाट खेल्ने खेलाडी समावेश छन् ।











प्रकाशित : आश्विन २२, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?