चिनियाँ राष्ट्रपति शनिबार आउँदै

देवेन्द्र भट्टराई

काठमाडौँ — चीनका राष्ट्रपति सी चिन फिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह (१२ अक्टोबर) काठमाडौं उत्रने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी भारतबाट दुई दिनका लागि नेपाल आउने तय भएको हो ।

चिनियाँ राष्ट्रपति शनिबार आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिन फिङको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।


राष्ट्रपतिसँगको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार द्वेदेशीय बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । चिनियाँ राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्दैछिन् ।

चिनफिङ आइतबार अपरान्ह बेइजिङ फिर्नेछन् । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हन् ।


प्रकाशित : आश्विन २२, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?