टीका थाप्न हिँड्नेको लर्को

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौँ — विजयादशमीको भोलीपल्ट एकादशीको दिन आफन्तहरु कहाँ टीका थाप्न जाने मानिसहरुको भीड बढेको छ । दशमीको दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन् । दशमीमा टीका थाप्न नभ्याउनेहरु कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

प्रकाशित : आश्विन २२, २०७६ ०८:५१

प्रतिक्रिया
पठाउनुहोस्

चितुवाको आक्रमणबाट बालकको मृत्यु

प्रताप रानामगर

(दमौली) — पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट तनहुँको भानुमा मंगलबार साँझ एक बालकको ज्यान गएको छ छ ।दशैं टिकाको दिन घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट भानु नगरपालिका–१ जामुनेगैह्रा चार वर्षीय आशिष बानिया“को ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

चितुवाको आक्रमणबाट घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ ।

चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । घटनापछि चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् ।

प्रकाशित : आश्विन २२, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्